हजारौँको बलिदान र लाखौंको योगदानपछि नेपालमा गणतन्त्र आएको हो –प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बिहीबार साँझ नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्मित गणतन्त्र स्मारकको अवलोकन गरेका छन् । स्मारकको अवलोकनपछि उनले आफू प्रधानमन्त्री हुँदा यही परिसरभित्रै स्मारक बनाउनुपर्छ भनी ल्याएको अवधारणाले अहिले मूर्त रुप पाउँदा खुशी लागेको बताए । अध्यक्ष दाहालले भने, ‘मैले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएको बखत यही परिसरभित्रै संरचना बनाउन खोजेपनि…