पाकिस्तानी प्रधानमन्त्रीको अप्रत्यासित नेपाल भ्रमण

पाकिस्तानी प्रधानमन्त्री शाहिद अब्बासीको अप्रत्यासित नेपाल भ्रमणपछि यहाँ बेग्लै तरङ्ग पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण हुनुलाई अर्थपूर्ण मानिएको छ । दुईदिने भ्रमणमा गत सोमबार (फागुन २१ गते) आउनुभएका इस्लामिक देश पाकिस्तानका प्रधानमन्त्रीलाई राजधानीको टुँडिखेल सैनिक मञ्चमा सम्मान दिइएको छ । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘सलामी’ दिने…