सभामुखमा महरा निर्विरोध निर्वाचित

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४ को नियम ६(३)बमोजिम महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे । सभामुख पदका लागि शुक्रबार भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध भएको संघीय संसद् सचिवालयले…