कस्ता प्रतिनिधि चुन्ने ? निर्णयमा नचुकौँ !

- निर्जला कक्षपति प्रदेश र प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई चुनावी माहोलले तताइसकेको अवस्था छ । सबै दलका उम्मेदवार एवम् नेता–कार्यकर्ताहरू, जनताको घर–दैलोमा पुगिसकेका, पुगिरहेका छन् । तर जनताको भने एउटै गुनासो रहेको छ– पहिले चुनाव जिताएर पठाइयो, त्यसपछि फर्केर पनि आएनन्, फेरि चुनाव आएपछि बल्ल हाम्रो दैलो चहार्न आइपुगे ।…