चुनावी गठबन्धनबारे यसो भन्छन् वुद्धिजीवी

आशन्न निर्वाचनमा प्रमुख वामपन्थी दलबीचको तालमेल र गठबन्धनलाई वुद्धिजीवी तथा विश्लेषकले सकारात्मकरूपमा लिएका छन् । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनपछि नेपाली काँग्रेस र अन्य दलबाट लोकतान्त्रिक गठबन्धन बनेको हो । दुई गठबन्धनका कारण चुनावी प्रतिस्पर्धा पेचिलो हुनाका साथै रौनक पनि बढेको छ । आगामी मंसिर १०…