महसुल नबुझाउने तीन सय बढी कालो सूचीमा

नेपाल विधुत् प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि विद्युत्  महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन् । लाइन काटिएको छ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको नेपाल विद्युत् प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताउनुभयो । कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग…