दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट भारतको वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले जानकारी दिएका छन् । चवालिस वटा इन्डोनेसियाली पिट भाइपर समावेश भएका सर्पहरू ‘चेक-इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमार्फत बताएको छ । 'थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ', भन्सारले जनाएको छ…