विस्थापित राजाका समर्थकहरूद्वारा काठमाडौंको तीनकुनेमा जलाइएको एक निजी घरमा मृत भेटिएका व्यक्ति एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजक भएको पुष्टि भएको छ । एभिन्यूज टिभीका समाचार शाखा प्रमुख केदार कोइरालाले मृतक व्यक्ति पत्रकार रजक रहेको पुष्टि गरेका हुन् । पत्रकार रजक उक्त घरको छतबाट आन्दोलनको दृश्य कैद गर्ने क्रममा घरमा आगजनी भएपछि बाहिर निस्किन नपाएर…