‘आगामी आमचुनावमा एक्लै चुनाव लड्छौँ, सरकार फेर्ने पक्षमा लाग्दैनौँ’ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने अभिव्यक्ति दिएका छन् । सो पार्टीले सोमबार (१२ फागुन) झापाको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्र अब जनतासँग जाने धारणा व्यक्त गरे । 'सरकार फेर्ने पक्षमा लाग्दैनौँ, कसरत पनि गर्दैनौँ,…