नारायणलाई रोक्न प्रचण्ड आफै सक्रिय !

चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएलगत्तै मन्त्रिमण्डललाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । धेरै दलहरूका बीचमा भागबण्डा गर्नुपर्ने स्थिति सिर्जना भएपछि मन्त्रिमण्डल गठनमा कठिनाइ उत्पन्न भएको छ । काङ्ग्रेसले कम्तिमा आठदेखि दश मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेको छ भने प्रचण्डले आफ्नो भागमा कम्तिमा पाँचदेखि ६ मन्त्रालय पर्नुपर्ने अडान राखेका छन् ।…