पश्चिम र पूर्वका गैँडाका बीचमा संसर्ग भएर प्रजननमा सहयोग पुग्ने अपेक्षा चितवन राष्ट्रिय निकुञ्जले आज (१९ माघ) देखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण सुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए…