राजा ज्ञानेन्द्रले २४०वर्षे शाहवंशको श्रीपेच बुझाउँदै सामान्य नागरिक भएर बसेको घटना बिर्संदै 'भूतपूर्व क्रान्तिकारी'हरू हाइब्रिड पञ्च बन्न हौसिएका छन् । आफ्नै विगत बिसाएका हाइब्रिड पञ्चसँग बाँकी रहेको एकल एजेन्डा राष्ट्रदोहन मात्र हो । ✍ दीपेन्द्र पाण्डे पञ्चायती व्यवस्थासँग आकर्षक नाराको कमी थिएन । शोषणरहित समाजको परिकल्पना, मुलुकलाई एसियाली मापदण्डमा पुऱ्याउने पञ्चायतको लक्ष्य कम आकर्षक थिएन…