पार्टीविरोधि गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरी निलम्बित

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै नेकपा (एमाले) बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीको सङ्गठित सदस्यताबाट निलम्बन गरेको छ । पार्टीलाई हानिनोक्सानी पुऱ्याउने मनसायका साथ पार्टीअध्यक्ष, महासचिवसमेतको मानहानी हुनेगरी पार्टीका मूल्य-मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, सामाजिक सञ्जालमा पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउनेजस्ता गतिविधि निरन्तर गरेपछि पार्टी विधानको धारा ८ (३) र (४) बमोजिम स्पष्टीकरण सोधिएकोमा कमीकमजोरी महसुस…