हात्ती परिचालन गरी नियन्त्रणमा लिइयो नरभक्षी बाघ

कञ्चनपुरमा हात्तीसहितको टोली परिचालन गरी बाघलाई नियन्त्रणमा लिइएको छ । दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट बाघलाई नियन्त्रणमा लिइएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जको प्राधिक टोलीले बाघलाई ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको हो । बिहीबार बिहान घरनजिकैको उखुबारीमा घाँस काट्ने क्रममा बाघले दोधारा चाँदनी-२ की २३ वर्षीया हिरा शाहमाथि आक्रमण गरेको थियो ।…