परराष्ट्रमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको भेट

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा कुराकानी भएको उक्त मन्त्रालयले जनाएको छ । साथै उहाँहरूबीच आपसी सहयोगका परियोजनाबारे पनि छलफल भएको थियो । परराष्ट्रमन्त्रीले नेपालको विकास प्रयासमा चीनबाट प्राप्त सहयोगका निम्ति आभार व्यक्त…