रूसले विश्वलाई अनिकालको भूमरीतर्फ धकेलेको ईयू अधिकारीको दाबी

यूक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धको नाकाबन्दीमार्फत् रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको (यूरोपेली संघ) ईयूको विदेश नीति प्रमुख जोसेप बोरेलले बताएका छन् । खाद्य सुरक्षाको खतरा र यूक्रेनविरूद्ध रूसले सुरू गरेको युद्धका कारण मस्कोमाथि पश्चिमी प्रतिबन्धबारे आगामी सोमबार लक्जमबर्गमा युरोपेली संघका विदेश मन्त्रीहरूबीच छलफल हुने तयारी भइरहँदा शनिबार ईयूका अधिकारीको यो भनाइ आएको हो…