नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताउनुभएको छ । नेपाल-युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज (२ जेठ) काठमाडौंमा आयोजित ‘नेपाल-इयु व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 'सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा…