पोष्टमार्टमको पीडा : ट्याक्टर रिजर्भ गरेर शव बोक्नुपर्ने बाध्यता

राष्ट्रिय मानव अधिकारले पहाडी क्षेत्रमा आत्महत्या गरेका शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल वा तोकिएको स्वास्थ्य केन्द्र लैजानुपर्ने बाध्यताबाट पीडित परिवार थप पीडित बनिरहेको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ शाखा कार्यालय, खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको मानव अधिकारको अवस्था सम्वन्धी छलफल तथा नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रममा खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा…