धादिङको रुवी भ्याली सेर्तुङमा पहिलोपटक पुग्यो एम्बुलेन्स

धादिङको रुवी भ्याली गाउँपालिकाको सेर्तुङमा रहेको ग्रामीण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको छ । यातायातको पहुँच पुग्न नसकेको जिल्लाको विकट क्षेत्र सेर्तुङमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । स्थानीय सरकार आएपछि निरन्तर सडक विस्तारको प्रयास गर्दा अन्तिम वर्षसम्म आइपुग्दा सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले बताए…