सामुदायिक वनको डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङको सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका-१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ ध्वस्त पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी'१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको…