चार प्रकारका राष्ट्रवादी

महेन्द्र राजमार्ग मेचीदेखि महाकालीसम्म लमतन्न परेर रहेको छ जसलाई वर्तमानका भ्रमित अग्रगमनकारीहरू 'पूर्व-पश्चिम' राजमार्ग.. अझ कसै-कसैले त 'लोकमार्ग' भन्न रुचाउँछन् महेन्द्रको मिहिनेतको कारणले जोडिएको नाम हटाएर । राष्ट्रवाद र महेन्द्रलाई लगातार दशकौँसम्म छोइछिटो गरे पनि अहिले आएर सबैलाई राष्ट्रवादी भनाइन परेको छ । महेन्द्रले गरेका कुरा नाम परिवर्तन गरेर भए पनि पछ्याउनु परेको छ ।…