ओली-सरकारले जारी गरेको नागरिकता अध्यादेशका विरुद्ध परेको रिट निवेदन खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले बुधबार उक्त रिट निवेदन खारेज गर्ने फैसला गरेको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही…