नेपाली कांग्रेसका सन्तनेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति दिवसका अवसर पारेर इनरुवामा दीप प्रज्वलन गरिएको छ । इनरुवा-१ स्थित लोकतान्त्रिक चोकमा नेता भट्टराईको सम्झनामा नेपाली कांग्रेस सुनसरीले दीप प्रज्वलन गरेको हो । काङ्ग्रेसका स्थानीय नेता धिरज भट्टराईका अनुसार त्यस अवसरमा कांग्रेसनेता एवं पूर्वराज्यमन्त्री सीताराम मेहताले सन्तनेता भट्टराईले देखाएको त्यागको राजनीतिको चर्चा गरे । ‘सन्तनेता भट्टराई…