एउटा युगको अन्त्य : लता दिदीलाई फर्केर हेर्दा

जनक कार्की ‘नैना वरसे रिमझिम रिमझिम..’ लताको यही गीतजस्तै हो यतिबेला करोडौँ संगीतप्रेमीको नयन रिमझिम रिमझिम वर्षिरहेको छ । आवाजको एउटा अखण्डदीप यतिबेला निभेको छ । हार्मोनियमको सूर बेसूर बनेको छ, गिटारको तार चुँडेको छ, तबलाको ताल बेताल भएको छ । एउटा लय विलय भयो । एउटा सुर दूर भयो । एउटा युगको वियोग भयो…