एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने भनी नेपाली रुपैयाँ लिएर लाखौँ ठगेको पाइएको छ । सिन्धुपाल्चोकका रामबहादुर तामाङ, सोही जिल्ला घर भइ काठमाडौंको गोकर्णेश्वर बस्ने बीबी तामाङ र रौतहट…