प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ । उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । 'हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ, बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौं',…