नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी चयन हुने सम्भावना देखिएको छ । प्रतिनिधिसभामा काङ्ग्रेसबाट विजयी कुल ३७ सदस्यमध्ये केसी वरिष्ठतम् र कार्यक्षमताका दृष्टिले समेत अब्बल मानिनुहुन्छ । काङ्ग्रेसमा वाकक्षमता भएका सीमित नेतामध्ये एक अर्जुन नरसिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याउनुभएको छ । नेपाल विद्यार्थी सङ्घका संस्थापक सदस्यहरू मध्ये पर्नुहुने केसीसङ्ग पटक-पटक मन्त्री…