परराष्ट्रमन्त्री खड्का उपसभापतिमा उम्मेदवारी दिँदै

नेपाली काङ्ग्रेसका नेता एवम् परराष्ट्र मन्त्री डा. नारायण खड्काले पार्टीको चौधौँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिनुहुने भएको छ । खड्काले निकटवर्तीहरूलाई र सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेदवारी बारे जानकारी गराउनुभएको बुझिएको छ । काङ्ग्रेसमा शालिन र बौद्धिक नेताका रुपमा चिनिनुहुने उहाँ उदयपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आउनुभएको छ। यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक…