बस र ट्रक आपसमा ठोक्किँदा चालकसहित तीनको मृत्यु, २७ जना घाइते

इन्दीप कोइराला, बारा बुधबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुलनजिक बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रकचालक तनहुँ जिल्ला पिपरटार निवासी २८ वर्षीय पुर्ण गुरूङ, बसचालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका ३ निवासी ४० वर्षीय हरि शम्सेर सुयाल थापा…