दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग आज (७ साउन) नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार हाल छनोट चरणमा रहेका पाँच सय जना मुख्य…