चीनबाट भित्रियो २३२ मेट्रिक टन रासायनिक मल

चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमका अनुसार तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको छ । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने…