काठमाडौं उपत्यकामा नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्‍मा सिफारिस

काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा मध्ये ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको…