मुक्तिनाथ विकास बैंक लि.को संचालक समिति बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आउनुभएका प्रद्युमन पोखरेललाई सुम्पिएको छ । विभिन्न बाणिज्य बैंकहरुमा लामो समय अनुभव हासिल गरि उक्त बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्य गर्दै आउनुभएका पोखरेललाई आगामी चार वर्षको लागि नियुक्त गरिएको सो बैंकले जनाएको छ…