बढ्यो डिडिसीको दूधको मुल्य, उपभोक्तालाई अब ९० देखि १३० रुपैयाँसम्म

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाइसकेका छन् । 'मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मुल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ…