एउटाको तन खराब हुँदा अर्कोको मन शान्त !

■ देवप्रकाश त्रिपाठी राजनीतिले सबैका प्रति समभाव राख्छ र राखिनुपर्छ भन्ने आमविश्वास छ । कुनै समय मानव कल्याणका निम्ति मात्र प्रारम्भ भएको राजनीति र राज्यको अवधारणा कालान्तरमा विस्तारित भएर जीवजन्तु, वनस्पति, पर्यावरण र सम्पदासमेतको रक्षा गर्ने गरी व्यापक भएको छ । यसर्थमा राजनीतिले सबैप्रति प्रेमभाव राख्छ र, सबैले राजनीतिप्रति प्रेमसहित आस्था राख्छन् भन्नुपर्ने हो ।…