मुख्तियार रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए । राजकाजसम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी श्री ३ जुद्धप्रति ज्यादै विश्वास र आस्था राख्दथे । उनका छोराहरू ईश्वर, गोपाल, श्याम र धैर्यशमशेरहरूले बारम्बार ‘जुद्धशमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै…