सरकारलाई सफल र कार्यमुखी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट अनेकौँ कसरत भइरहँदा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरू भने छटपटिन थालेका छन् । वामदेव गौतम त ओलीका विरुद्ध जुनसुकै बेला जस्तोसुकै कदम चाल्न तयार भएर बसेकै हुन्, अहिले पार्टीका अन्य नेताहरू पनि ओलीविरुद्धका गतिविधिमा सरिक हुन थालेका छन् । केपीको डरका कारण मौन रहन बाध्य भएका…