पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन् । प्रेस सेन्टर मकवानपुरद्वारा आइतबार (२५ कात्तिक) हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्ने जानकारी दिएका हुन् । माओवादी केन्द्र सरकारबाहिर रहँदा अहिले जनतामाझ पुग्न सहज भएको उल्लेख गर्दै उनले केही कमजोरी…