सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अनुसन्धान नगरी रिहाइ गर्नुपर्ने माग राखी सडक प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । पोखराको रत्न चोकमा प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुमाथि अश्रुग्यास प्रहार गर्न प्रहरी बाध्य भएको हो । सो क्रममा प्रदर्शनकारी र…