गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत हासिल भएको छ । अत्यन्त संशययुक्त माहोलबीच माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेश सदस्य बनेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गरी मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेपछि पाण्डेको कुर्सी बचेको हो । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेपनि देवकोटाले फ्लोर क्रस गर्नुलाई राजनीतिक…