तीनदिने भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा, श्रीलंका नजाने

बिमस्टेक शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैतको तेस्रो साता भारतको भ्रमण गर्ने भएका छन् । चैत १८ देखि २० गतेसम्म तीनदिने भारत भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालय सुत्रले बताएको छ । स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको र, सम्भवतः उल्लिखित मिति (चैत १८ देखि २०) मा प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनेछन् ।…