नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित दलको कार्यालयमा सोमबार बिहान बसेको बैठकमा सो पार्टीका संसदीय दलका नेता एवम् प्रधानमन्त्री प्रचण्डले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलो रूपमा प्रस्तुत हुन निर्देशन दिए । 'तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो…