डडेल्धुरामा बीपी कांग्रेस र एमालेको सयुंक्त चुनावी सम्पर्क कार्यालय स्थापना

डम्बर निदाल, डडेल्धुरा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन प्रचारप्रसारका लागि नेपाली कांग्रेस (बीपी) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अमरगढीमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । डडेल्धुरा जिल्ला सदरमुकाम तुफानडाँडास्थित बैंक अफ काठमाडौंको अघिल्तिर दुवै पार्टीका नेता-कार्यकर्ताको उल्लेख्य उपस्थितिमा नेपाली कांग्रेसका निवर्तमान जिल्लासभापति कर्णबहादुर मल्लले रिवन काटेर कार्यालयको उद्घाटन गरेका हुन्…