बागमती प्रदेशका मुख्यमन्त्रीले कात्तिक १० गते विश्वासको मत लिने

मुख्यमन्त्री शाक्यद्वारा आफ्नो पक्षमा मत दिन आग्रह बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गर्नुभयो । दिउँसो ३ बजेका लागि…