कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी विजयी

नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौं महानगरपालिकाको आइतबार भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् । शाक्यका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिएका छन् । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न…