डम्बर निदाल, डडेल्धुरा प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काङ्ग्रेस डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । नेपाली काङ्ग्रेसकासभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देशभर प्रदर्शन गर्ने क्रममा नेपाली काङ्ग्रेस डडेल्धुराले पनि जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो । सोमबार पार्टीले आयोजना गरेको विरोध कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले केपी ओली नेतृत्वको सरकारले अराजनीतिक, अप्रजातान्त्रिक र अनैतिक प्रवृत्ति देखाउँदै…