नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल नेपाल समूहले यही माघ २८ गते काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको जनाएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति…