‘घरज्वाइँलाई खानाकै धन्दा’ भन्ने उक्तिको चरितार्थ नेपाली राजनीतिमा फेरि एक पटक हुन पुगेको छ । मुलुकले राजनीतिक सङ्कट ब्यहोरिरहेको र, यसले देशको आर्थिक-सामाजिक जीवनमा समेत गम्भीर असर परिरहेका बेला केही नेताहरू भने केवल प्रधानमन्त्री बन्ने ताकमा रहेको पाइएको छ । संसद् पुनर्स्थापना भएको र नभएको दुवै अवस्थामा प्रधानमन्त्री कसरी बन्ने भन्ने चक्करमा मूलतः तीन जना…