मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ । उपनिर्वाचनमा राप्रपा संयुक्तको आफ्नै उम्मेदवार नभएपछि कांंग्रेसलाई समर्थन गर्ने घोषणा गरिएको हो । नेपाली कांग्रेस र राप्रपा संयुक्तले आइतबार (८ मंसिर) कमलविनायकमा आयोजना गरेको कार्यगत एकता घोषणासभामा राप्रपा संयुक्तले आफ्नो…