नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधर नेताहरूले मंगलबार (१८ कात्तिक) काठमाडौंमा छुट्टै भेला आयोजना गरेका छन् । पार्टीभित्र लामो समयदेखि देखिएको असन्तुष्टि, सङ्गठनात्मक निर्णयमा ढिलाइ र १५औँ महाधिवेशनको विषयमा ठोस निर्णय नआएकाले असन्तुष्ट समूहले नयाँबानेश्वरस्थित थापागाउँमा विशेष भेला आयोजना गरेका हुन् । भेलामा विशेष महाधिवेशनका पहलकर्तासहित देशभरका महाधिवेशन प्रतिनिधि, केन्द्रीय सदस्य, प्रदेशस्तरका नेताहरू, क्षेत्रीय प्रतिनिधि तथा…