यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता गर्ने प्रक्रियामा व्यापक सक्रियता बढाउन नेपाली कांग्रेसले अपिल गरेको छ । कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले निर्वाचन आयोगले जारी गरेको सूचना दृष्टिगत गर्दै नामावली दर्ता गर्ने प्रक्रियामा सक्रियता बढाउन अपिल गरेका हुन् । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे विशेष ध्यानाकर्षण गराउँदै महामन्त्रीद्वयले छठपर्वलगत्तै पार्टीका प्रदेश…