नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी)मा एआइजी दानबहादुर कार्कीलाई नियुक्त गरिएको छ । सोमबार (२४ कात्तिक) साँझ बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । वि.सं. २०५४ चैतमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका कार्की २०८४ चैत अर्थात् आगामी २८ महिनासम्म प्रहरी महानिरीक्षकमा बहाल रहनेछन् । हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की…